चैत १५ गते संघीय संसदमा राष्ट्रपतिको सम्बोधन

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक यही चैत १५ गते अपराह्न ४ बजे बस्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सो संयुक्त बैठक ९संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले चैत १५ गते अपराह्न ४ बजे राष्ट्रपति भण्डारीले संघीय संसदलाई सम्बोधन गर्ने जानकारी गराए ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको थियो ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलोपटक संसदलाई सम्बोधन गर्न लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्