मुद्दा छिटो टुंगो लगाइदिन न्यायाधीशसमक्ष सन्दीपको आग्रह
काठमाडौं, असोज २७ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफ्नो मुद्दा छिटो टुंग्याइदिन आग्रह गरेका छन्।
बिहीबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएका सन्दीपले यस्तो आग्रह गरेका हुन् । उनले मुद्दाको छिटो टुंगो लागे आफू अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउने भएकाले छिटो छिनोफानो गरिदिन आग्रह गरे ।
यता जवाफमा न्यायाधीश सूर्यबहादुर थापाले भने ‘पहिले अनुसन्धान गर्नुपर्यो बरु त्यसलाई उहाँहरुले अलिक छिटो सिध्याएर ल्याउनुहुन्छ। तपाईंहरुले ९प्रहरीले० पनि छिटो सक्नु होला।’ भनेका छन् ।
यसैबीच आज मात्रै अदालतले ५ दिन म्याद दिँदै कात्तिक १ गते अदालतमा उपस्थित गराउन भनेको छ। गत बिहीबारदेखि सन्दीप हिरासतमा छन्।
प्रतिक्रिया दिनुहोस्