सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, असोज २७ । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले बिहीबार घटनाको अनुसन्धानका लागि सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको उनका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमति दिएका थिए ।

२२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

१७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्