नवौँ राष्टिय खेलकुद: गण्डकीमाथि एपीएफको सहज जित

काठमाडौं, असोज २७ ।  नवौँ राष्टिय खेलकुदमा गण्डकीमाथि एपीएफले सहज जित निकालेको छ ।

गण्डकी प्रदेशले दिएको २७ रनको झिनो लक्ष्य विभागीय एपीएफ प्रदेशले २.२ ओभरमा नै भेट्टाएको छ।

नवौँ राष्टिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा गण्डकीले दिएको २७ रनको लक्ष्य एपीएफले २.२ ओभरमा १ विकेटको क्षतिमा क्षति भेट्टाएको हो।

एपीएएफकी ओपनर ज्योति पाण्डे २ रनमा क्याच आउट भइन्। कप्तान सिता रानामगर १२ र इन्दु बर्मा ९ रनमा नटआउट रहे।

त्यसअघि पोखरा रगंशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकी १८.२ ओभरमा २६ रन बनाउँदा अलआउट भयो।

विभागीय टोलीसामु निहिर बनेका गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। कप्तान सृष्टि जैसीले जोडेको ५ रन नै सर्वाधिक रह्यो।

सुजिता थापा, बिन्दु मगर र सिमाना केसीले मात्र ३ रन बनाए। कुसुम गोदार सृजना पौडेलले समान २ रन बनाए।

ज्योत्सिना मरासिनी, शिला क्षत्री र श्रेया शर्मा शून्य रनमा पवेलियन फर्के। श्रद्धा गुरुङ शून्य रनमा रन आउट भइन्। निरुता जिटी १ रनमा नटआउट रहिन्।

एपीएफका इन्दु बर्माले २ तथा निशा भट्ट, नेरी थापा, सुमन विष्ट र सिता राना मगरले समान १ विकेट झारे।

आजै हुने दोस्रो खेलमा मधेस प्रदेश र सुदुरपश्चिम भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्