आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण
काठमाडौं , असोज २६ । निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका उम्मेदवारहरुलाई आज बुधबार निर्वाचन चिह्न प्रदान गर्दैछ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको हो ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।उम्मेदवारहरुको अन्तिम नामावली आयोगले आज दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।
अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउने छन् ।
पार्टीका आधिकारिक उम्मेदवार र स्वतन्त्र उम्मेदवारलाई आजै चिह्न दिने गरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
यस पटक प्रतिनिधिसभातर्फ २,५३१ जना र प्रदेशसभार्तफ ३,४८१ जनाको उम्मेदवारी परेको विवरण आयोगले मंगलबार सार्वजनिक गरेको छ ।
प्रतिक्रिया दिनुहोस्