डेंगुका बिरामीको संख्या ३४ हजार नजिक, ४४ जनाको मृत्यु
काठमाडौं, असोज २४ । नेपालमा डेंगु बिरामीको संख्या ३४ हजार पुग्न लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशमा डेंगु बिरामीको संख्या ३३ हजार ९७५ पुगेको छ । २०७९ साउन १ गतेदेखि यता उक्त संख्यामा डेंगुका बिरामी नेपालमा भेटिएका हुन् ।
डेंगुका कारण सो अवधिमा नेपालमा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशको सातै प्रदेश अन्तर्गतका ७६ जिल्लामा डेंगु फैलिएको छ ।
प्रतिक्रिया दिनुहोस्