विद्यार्थी परीक्षा दिइरहेका बेला शैक्षिक केन्द्रमा विस्फोट , कम्तीमा १९ जनाको मृत्यु

काठमाडौं, असोज १४ । अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा परि कम्तीमा १९ जनाको मृत्यु भएको । अन्य कैयौं घाइते भएका छन्।

प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो। विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन्। यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन्।

विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका थिए अहिलेसम्म कुनै पनि संगठनले विष्फोटको जिम्मेवारी लिएको छैन। यता तालिवानले आक्रमणको निन्दा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्