लाल मोहम्मद हत्या प्रकरण : तीन जना पक्राउ

काठमाडौं, असोज १४ ।  मोहम्मद दर्जी उर्फ लाल मोहम्मद हत्यामा प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई गोली हान्ने सुटरसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरी अधिकृतले जानकारी दिए । घटनाबारे अनुसन्धान गर्न एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको थियो ।

आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लना साथ दुइ जनाले गोली हानेर भागेका थिए । हत्याको योजना भारतिय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

city

प्रतिक्रिया दिनुहोस्