सिट बाँडफाँट टुंग्याउन गठबन्धनभित्र अन्तिम कसरत, नेताहरूको आ-आफ्नो दाबी

काठमाडौं, असोज १३ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।

दसैं अगावै सिट फाँडफाँट सक्न नेताहरू अन्तिम कसरतमा जुटेका हुन्। निर्वाचन आयोगले असोज २३ गते प्रतयक्षतर्फ मनोनयन दर्ता गर्ने मिति तय गरेको छ।

गठबन्धनका एक नेताका अनुसार प्रतिनिधिसभामा कांग्रेसले ८५, माओवादी केन्द्रले ४४, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने सम्भावना छ। तर, यो नै गठबन्धनभित्रको अन्तिम सहमति नभएको कार्यदल सदस्यसमेत रहेका राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।

सत्ता गठबन्धनमा दलहरुले अहिले पनि आ-आफ्नो दाबी पेस गरिरहेका छन्। सिट भागबण्डा टुंग्याउन नेताहरूलाई निकै सकस परेको बताइएको छ। दोस्रो तहका नेताहरुले सत्ता गठबन्धनका शीर्ष नेता र कार्यदल सदस्यहरूलाई आफ्नो दाबी नछोड्न चुनौति दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्