चुनावपछि आफ्नो पार्टी पहिलो पार्टी बन्ने राजेन्द्र लिङ्देनको दावी

काठमाडौं , असोज १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरसँगको एकता घोषणा कार्यक्रममा उनले यस्तो दाबि
गरेका हुन् । नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा विकल्प रहेको उनले दावी गरे ।

‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो सिट ल्याउँछ’ उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेको छ । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले निर्वाचित हुन्छन् भन्ने कसैले नसोचेको भन्दै लिङ्देनले राप्रपाको पनि त्यस्तै अवस्था हुने दावी गरे ।

राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटक पटक हारेकाले नेता कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए ।

लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई चुनाव क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न पनि आग्रह गरेका छन् । उनले देशका १६५ वटै प्रतिनिधिसभा र ३३० प्रदेशसशभमा उम्मेदवारी दिने बताएका छन् । उनले भने, ‘विजय हाम्रो सम्मुख छ । मुलुकले विकल्प खोजिरहेको छ ।’

४ मंसिरको चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरुले नै राप्रपालाई मत दिने लिङ्देनको भनाइ रहेको
छ ।

प्रतिक्रिया दिनुहोस्