राप्रपा र रविन्द्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता , मिश्र बने वरिष्ठ उपाध्यक्ष

काठमाडौं , असोज १२ । राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको छ ।

काठमाडौँको राष्ट्रिय सभामा आयोजित कार्यक्रममा राप्रपा र रविन्द्र मिश्र नेतृत्वको वृहत्तर ध्रुवीकरण पक्षधरबीच एकता भएको हो ।

एकता सम्झौतामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन र रविन्द्र मिश्रले हस्ताक्षर गरेका हुन् ।

लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गरेकाह उन । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र राप्रपाको भने वरिष्ठ उपाध्यक्ष भएका छन् ।

वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गरेका मिश्र राप्रपामा पाँचौँ वरीयतामा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्