मैत्रीपूर्ण खेलमा मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

काठमाडौं, असोज १२ ।  मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई पराजित गरेको छ ।

बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा १-० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल गरेको थियो ।

अर्जेन्टिनाको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने जुलियन अल्भारेजले एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्