रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै

काठमाडौं, असोज १२ ।  विवेकशील साझाबाट राजिनामा दिनुभएका रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्नुहुने भएको छ ।

पार्टी प्रवेश कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गरिएको छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइनसमेपनि तेस्रो वरियतामा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्