मंसिर ४ मा देशभर १० हजार ८९१ मतदानस्थल, कहाँ-कहाँ ? (सूचीसहित)

काठमाडौं, असोज ११ । निर्वाचन आयोगले आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १० हजार ८ सय ९१ मतदानस्थल कायम गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै मतदानस्थल कायम गरिएको जानकारी गराएको हो । ती मतदानस्थमा २२ हजार २ सय २६ वटा मतदान केन्द्र छन् ।

आयोगका अनुसार आसन्न निर्वाचनमा जम्मा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेको छ । जसमा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य रहेका छन् ।

हेर्नुस् कहाँ-कहाँ छन् –

 

प्रतिक्रिया दिनुहोस्