नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं, असोज ६ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरूद्ध सर्वोच्चअदालतमा रिट परेको छ।
संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सुनिल रञ्जनसिंह लगायतले बिहीबार सर्वोच्चमा रिट हालेका हुन्।
नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको कदम संविधान विपरित भएको भन्दै उनीहरुले सर्वोच्चमा रिट दिएका हुन्। यता सत्ता गठबन्धनले राष्ट्रपतिको कदम संवैधानिक व्यवस्थामाथि प्रहार भएको ठहर गरेको छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल जारी राखेको छ। विभिन्न विद्यार्थी संगठनहरुले पनि विरोध प्रदर्शन गरेका छन्।
प्रतिक्रिया दिनुहोस्