सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै, आज जुट्ला त सहमति ?
काठमाडौं, असोज ६ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ।
बैठक दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा कार्यदल सदस्यसहित गठबन्धनका शीर्ष नेता सहभागी हुनेछन्।
सिट भागबण्डा गर्न गठबन्धन बैठक पटक पटक बस्दै आएको छ । तर पनि सहमति जुट्न भने सकेको छैन।
सत्ता गठबन्धनमा रहेका माओवादी र नेकपा एकीकृत समाजवादीले सिट संख्यामा चाँडो सहमति जुटाउनुपर्ने पक्षमा छन्।















प्रतिक्रिया दिनुहोस्