विप्लवले चुनाव बहिष्कार गर्ने

काठमाडौं, असोज ६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ ।

पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए ।

गत वैशाख ३० गतेको स्थानीय चुनावमा भने उक्त पार्टीले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा भाग लिएको थियो । उक्त चुनावमा राम्रो नतिजा नआएपछि प्रदेश र संघको चुनाव बहिस्कार गरेको सो पार्टीले जानकारी दिएको छ ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको नेकपा माओवादी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीले पनि चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । अन्य पार्टीले भने चुनावको धमाधम तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्