राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौं: प्रचण्ड

काठमाडौं , असोज ५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिविरुद्ध अदालत जाने तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा प्रचण्डले गठबन्धनको तर्फबाट आफुहरुले विज्ञप्ति निकालिसकेको र अब अदालत जाने विषयमा वकिलहरूसँग छलफल भइरहेको बताएका हुन् ।

प्रचण्डले राष्ट्रपतिको कदमका विरुद्ध आन्दोलित भइसकेको बताउदै संबिधानको अन्तिम ब्याख्या गर्ने अधिकार अदालतलाई दिएकोले अदालत जाने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्