राष्ट्रपतिको कदमको भण्डाफोर गर्ने सत्ता गठबन्धनको निर्णय, संयुक्त वक्तव्य जारी गर्दै

काठमाडौं, असोज ५ । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले त्यसबारे वक्तव्य जारी गर्ने भएको छ। यतिमात्रै होइन सत्ता गठबन्धनका पाँच दलले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा भण्डाफोर पनि गर्ने भएका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सकिएको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक ठहर गरेको छ ।

यसविरुद्ध पुनः बैठक बेसर पाँच दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने भएका हुन्। संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गरेकी थिइन्। माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमबारे गठबन्धनको धारणा सार्वजनिक गर्न विज्ञप्ति ड्राफ्ट भइरहेको बताए ।

केहीबेरमा सार्वजनिक गर्ने तयारी भएको समेत उनले बताए । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले मंगलबार नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने भएपनि नगरेर संविधानको उलंघन गरेकी हुन् । राष्ट्रपतिको कदमपछि राजनीतिक माहोल तातिएको छ ।

प्रतिक्रिया दिनुहोस्