महानगरको अनुमतिबिना काठमाडौंमा डिजिटल बोर्ड र विज्ञापन राख्न नपाइने

काठमाडौं, असोज ५ ।  काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ।

बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरले अनुमति बिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड तथा डिजिटल बोर्ड हटाउन निर्देशन दिएको छ।

‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन महानगरले निर्देशन दिएको छ।

नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने महानगरको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस्