झण्डै २ करोड मतदाताले आसन्न निर्वाचमा भाग लिने, कुन प्रदेशमा कति ?

काठमाडौँ , असोज ४ । मंसिर ४ मा सम्पन्न हुन गइरहेको संघीय तथा प्रादेशिक निर्वाचनमा झण्डै २ करोड मतदाता सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार आगामी निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्ने भएका हुन् ।

आयोगले आगामी मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको अन्तिम नामावली स्वीकृत गरेको हो । जसमध्ये ८८ लाख ४७ हजार ५७९ पुरुष, ९१ लख ४० हजार ८०६ महिला र १८५ जना अन्य छन् ।

मतदाता संख्याका आधारमा आयोगले देशभर १० हजार ८९१ मतदान स्थल तथा २२ हजार २२६ मतदान केन्द्र कायम गर्ने भएको छ ।

प्रदेशगत विवरणः

प्रतिक्रिया दिनुहोस्