एमालेको बन्दसूची : पहिलेका दोहोरिएनन्

काठमाडौं, असोज ३ ।  नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातितर्फको बन्दसूची बुझाएको छ ।

एमाले नेता निरज आचार्यसहित सूची लिएर निर्वाचन आयोग पुगेका थिए ।

उनका अनुसार समानुपातिक बन्दसूचीमा पहिले नै रहेकाहरूको नाम समावेश गरिएको छैन । एमालेले नयाँ अनुहार बन्दसूचीमा समावेश गरेको छ ।

“कोही पनि दोहोर्‍याएका छैनौँ । यो सूचीमा पुरानो समानुपातिक सूचीमा रहनुभएको नेता कोही पनि हुनुहुन्न । नयाँ हुनुहुन्छ,” उनले सञ्चारकर्मीसँग भने ।

एमालेको केन्द्रीय कमिटी बैठकले पहिले समानुपातिक भइसकेकाहरू यसपटक नदोहोर्‍याउने निर्णय गरेको थियो ।
एमाले अघिल्लो निर्वाचनको सिट कायम गर्नुपर्छ भन्ने पक्षमा रहेकोसमेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्