माओवादी केन्द्रले समानुपातिक सुची बुझायो, बाबुरामलाई दियो ५ सिट

काठमाडौं, असोज ३ ।  नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

सोमबार महासचिव देव गुरुङसहितका नेताहरु आयोग पुगेर समानुपातिक सूची दर्ता गरेका हुन् ।

माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका ५ जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ ।

माओवादी केन्द्रले प्रतिनिधिसभामा डा. भट्टराईको पार्टीका ५ जनासहित ११० र प्रदेशसभामा २२० गरी कूल ३३० जनाको नाम पेस गरेको छ ।

त्यस्तै माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम पनि समानुपतिक सूचीमा रहेको बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्