घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं, असोज ३ । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार ९ सय रुपैयाँमा झरेको छ।

सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्