ऋद्धिमान साहाद्धारा २० बलमा शतक प्रहार, क्रिस गेलको रेकर्ड ब्रेक
काठमाडौं । शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीच भएको प्रतिस्पर्धामा टिम इन्डियाका विकेटकिपर ऋद्धिमान साहाले २० बलमा शतक हानेका हुन् । उनले २० बलमा १०२ रन हान्दै हलचल मचाएका छन् । आईपीएल क्रिकेट सुरु हुनुअघि
मोहन बगानको टिमबाट खेलेका ऋद्धिमान साहाले केबल २० बल सामना गर्दै १०२ रन जोडेर सहज जित दिलाए ।
उनले १४ छक्का र ४ चौका प्रहार गरेका थिए । उनको स्ट्राइक रेट ५१० थियो ।
यसको साथै साहा टी–२० क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने व्याट्सम्यान घोषित भएका छन् र उनले यस अघि भएको क्रिस गेलको रेकर्ड पनि तोडेका छन् । क्रिस गेलले आईपीएल २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक पूरा गरेका थिए ।
आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादमा आवद्ध रहेका ३३ वर्षीय ऋद्धिमान साहालाई ५ करोड भारुमा अनुबन्ध गरेको छ ।
डेभिड वार्नर, शिखर धवन जस्ता खेलाडीहरु भएको टिममा अफगानिस्तानका स्पीनर राशिद खान समेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्