सेनाले सुरु गर्यो दशैंलक्षित नि:शुल्क बस र हवाई सेवा
काठमाडौं, असोज २ । दशैंलाई लक्षित गर्दै नेपाली सेनाले नि:शुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको छ।
दशैंमा घर जाने बहालवाला सेना तथा उनीहरुका परिवारलाई लक्षित गर्दै सेनाले निस्शुल्क बस र हवाई सेवा सञ्चालनमा ल्याएको हो।
सडक सञ्जाल पुगेका स्थानहरुसम्म बसमार्फत् निस्शुल्क सेवा दिने र सडक सञ्जाल नभएका ठाउँहरुमा हवाई सेवा दिने सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
भदौ २९ गतेदेखि सुरु गरिएको हवाई सेवामार्फत् अहिलेसम्म १३४ जनालाई गन्तव्यमा पुर्याइएको सेनाले जनाएको छ। बस सेवा भने असोज ४ गतेबाट सञ्चालनमा ल्याइने छ।
सैनिक कल्याणकारी सेवा अन्तर्गत यो सुविधा उपलब्ध गराइएको सेनाले जनाएको छ । गत वर्ष हवाईमार्फत् ११२ जना र बसमार्फत् १ हजार ४५२ जना सैनिक तथा उनका परिवारले यो सुविधा लिएका थिए।
प्रतिक्रिया दिनुहोस्