संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा, २१ जनालाई सजाय माफी

काठमाडौं, असोज २ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधान दिवसको उपलक्ष्यमा ६८१ जनालाई कैद सजाय माफी दिएकी छन् ।

मन्त्रिपरिषदको भाद्र ३१ को बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ (दुई सय तीन) जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ (चार सय अठहत्तर) गरी कुल जम्मा ६८१ (छ सय एकासी) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफी मिनाहा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्