चोलेन्द्रले निलम्बन फुकुवाको पत्र पाउदैनन : संसद् सचिवालय
काठमाडौं, असोज २ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले फुकुवाको पत्र नपाउने संसद् सचिवालयले स्पष्ट पारेको छ । सङ्घीय संसद् सचिवालयको प्रवक्ता रोजनाथ पाण्डेले निलम्बित जबराले निलम्बन फुकुवाको पत्र नपाउने संसद् सचिवालयले स्पष्ट पारेका हुन् ।
उनले संविधानअनुसार नै हो होइन नभएसम्म निलम्बन फुकुवाको पत्र दिन नमिल्ने भन्ने रहेको उल्लेख गरे । ‘धारा १०१ को उपधारा (६) अनुसार पाउने स्थिति देखिँदैन,’ उनले अगाडि भने, ‘ हामीले संविधानको पाना पल्टाएर हेर्दा यास वा नो नहुँदासम्म चाहिँ दिन नमिल्ने भन्ने छ ।’
जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए । तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले तयारी गरेका छन्, उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ ।
संविधानको धारा १०१ (६) ले महाभियोग प्रस्ताव टुंगो नलागेसम्म निलम्बित पदाधिकारी कामकाजमा फर्कन रोक लगाएको छ । तर जबराले सर्वाेच्च फर्किने सूचना दिएपछि वकिलहरुले विरोध गरेका छन् । अहिले सर्वोच्च प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्