गठबन्धनका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ : नेता सिंह
काठमाडौं , असोज २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दलहरुलाई चित्त बुझाउने गरी सिट बाँडफाँट गरिने बताएका छन् ।
स्मृति दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् । उनले चुनावसम्म सवैलाई मिलाएर लैजाने पनि बताए ।
सिट बाँडफाँट चुनौतीपूर्ण रहेको बताउँदै उनले सजिलो नभए पनि सबैलाई चित्त बुझाएर लैजाने र उचित समयमा निर्णयमा पुग्ने दाबी गरे ।
संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।
कार्यक्रममा नेता सिंहलगायतका कांग्रेस नेता कार्यकर्ताले स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पर्ण गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्