पसल नहटाउन माग गर्दै फुटपाथ व्यापारीले घेरे काठमाठौं महानगर, बेरोजगार बनाएको भन्दै आक्रोशमा
काठमाडौं , भदौ ३० । फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राखेर फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाविरूद्ध प्रदर्शन गरेका छन् ।
काठमाडौं महानगरले सडकका फुटपाथमा व्यापार गर्न नदिएपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । एमाले निकट मजदुर संगठन जिफन्ट आवद्ध नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवामा बिहीबार प्रदर्शन गरिएको छ ।
उनीहरुले महानगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् । सुन्धारामा जम्मा भएका व्यापारीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर प्रदर्शन गरेका हुन् ।महानगरपालिकाको प्रवेशद्वारअघि विरोध प्रदर्शन गरेका छन्।
अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत विकल्प नदिई फुटपाथमा व्यवसाय गर्नेहरूलाई बेरोजगार बनाएको भन्दै उनीहरूले संघर्ष थालेका हुन्।
















प्रतिक्रिया दिनुहोस्