यु–१७ साफ: भारतविरुद्ध नेपालको शानदार जित

काठमाडौं, भदौ २४ ।  साफ यु–१७ च्याम्पियनसिपअन्तर्गत नेपालले भारतविरुद्ध शानदार जित हासिल गरेको छ ।

शुक्रबार श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा नेपालले भारतलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि खेलको ४५औं मिनेटमा सरोज दर्लामीले पहिलो गोल गरेका थिए भने खेलको ४९औं मिनेटमा उनेस बुढाथोकीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६८औँ मिनेटमा सुबास बमले नेपालका लागि तेस्रो गोल गरेका थिए ।

त्यस्तै भारतका लागि एक गोल खेलको २५औं मिनेटमा डानी मेइटेइले गोल गरेका थिए ।

यो खेल जितेसँगै नेपाल समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भारत उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अब भारतले समुह ए को विजेता बंगलादेशसँग सेमिफाइनलमा खेल्ने छ भने नेपालले श्रीलंका र माल्दिभ्सबीचको खेलको विजेतासँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्