गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं, भदौ २४ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् ।
१०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गठबन्धनलाई बचाएर लैजान आवश्यक रहेको बताउँदै उनले ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हुने बताए ।
गठबन्धन नहुँदा केपी ओलीको हैकमवाद चलेको र कांग्रेसका नेता(कार्यकर्ताहरू डरले थरर हुने गरेको पनि उनले स्मरण गराए ।
देउवाले अहिले सरकार र गठबन्धनविरुद्ध षड्यन्त्र भैरहेको टिप्पणी गरेका छन् । उनले सरकार र गठबन्धनविरुद्ध भैरहेको षड्यन्त्र चिर्नको लागि पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले पार्टीलाई हित हुनेगरि नै सिट बाँडफाँट हुने विश्वास दिलाए । सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँटबारे छलफल भैरहेको छ ।
तर, दलका आ–आफ्ना अडानका कारण सिट बाँडफाँट हुन सेकेको छैन् नेताहरु मिलाउने कसरतामा भने लागी परेका छन् ।















प्रतिक्रिया दिनुहोस्