आसन्न निर्वाचन : एमाले-लोसपाबीच गठबन्धन हुँदै
काठमाडौँ , भदौ २४ । आसन्न निर्वाचनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ ।
गठबन्धनका लागि अध्यक्षद्वय केपी शर्मा ओली र महन्थ ठाकुरले पहिलोचरणको वार्तासमेत गरेका छन् । वार्ता सकारात्मक रहेको लोसपा नेता एकवाल मियाँले बताए ।
गठबन्धन हुँदा सिट बाँडफाँट गर्ने र त्यसका लागि कार्यदल बन्ने नेताहरूले बताएका छन् ।
यसबीचमा ओली-ठाकुरबीच चरणबद्धरूपमा अनौपचारिकरूपमा कुराकानी भइरहेको छ । अब उक्त वार्ताले कति सार्थकता पाउँछ । सम्भवतस् चाँडै नै औपचारिक घोषणा पनि हुने सम्झवना रहेको छ ।
यता एमालेले पनि अन्य पार्टीहरूसँग कार्यगत एकता गरेर अगाडि बढ्ने निर्णय गरिसकेको छ ।
यसअघि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेता गोकुल बाँस्कोटालगायतले पनि लोसपाका नेताहरूसँग मिलेर जानेगरी कुराकानी गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्