हङकङद्वारा नेपालसामू १९५ रनको लक्ष्य

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्धको पहिलो खेलमा टस जितेर फिल्डिंग रोजेको नेपाली टोलीले १ सय ९५ रनको लक्ष्य पाएको छ । इनिङ्सको अन्तिम बलमा सबै विकेट गुमाएको हङकङले १ सय ९४ रन जोडेको हो ।

ओपनर जेमी एटकिन्सनले हङकङका लागि सर्वाधिक ७६ रन बनाएका थिए । उनले १ सय १७ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए । नवौं ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेका तनवीर अफ्जलले हङकङको पछिल्लो पारी सम्हालेका थिए । उनले ३ छक्का र ३ चौका प्रहार गर्दै ३८ रन बनाए । १ सय १९ रनमा ७ विकेट गुमाएको हङकङका पछिल्लो क्रमको ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्दै प्रतिस्पर्धात्मक स्कोर बनाएका थिए ।

नेपालका लागि सन्दिप लामिछानेले ३ तथा करण केसी र वसन्त रेग्मीले समान २ विकेट लिए भने सुसन भारीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्