भिजिट भिसाबाट विदेशिए २ वर्षमा २ लाख नेपाली

काठमाडौं, भदौ २४ । पछिल्लो २ वर्षमा मात्र भिजिट भिसामार्फत् झण्डै २ लाख नेपाली विदेशिएका छन् ।

सन् २०२० देखि हालसम्म १ लाख ९७ हजार ३१७ जना भिजिट भिसामार्फत् विदेशिएको अध्यागमन विभागअन्तर्गत अध्यागमन कार्यालयले जनाएको छ । यसरी विदेशिनेमा सबैभन्दा बढी दुबई पुगेका छन् ।

त्यहाँ दुई वर्षको अवधिमा १ लाख १९ हजार ११ जना पुगेको अध्यागमन कार्यालयले जनाएको छ ।

त्यस्तै भिजिट भिसामार्फत् मलेसिया, साउदी, कतार लगायतका देशमा जाने क्रम पनि बढी देखिएको कार्यालयका सूचना अधिकारी राजकुमार राईले बताए । कोरोना महामारी सहज भएसँगै भिजिट भिसामार्फत् विदेशिने क्रम बढेको देखिएको छ ।

यता भिजिट भिसामार्फत् जाने क्रम बढेसँगै समस्या पर्ने क्रम पनि बढ्दो छ । वैदेशिक रोजगार उद्दार नेपाल ९रेस्क्यू नेपाल० का अध्यक्ष इन्द्रलाल गोलेले दुबईमा ५ हजार भन्दा बढी नेपाली उद्दारको पखाईमा रहेको बताए ।

कोरोना महामारीपछि यो क्रम निकै बढेको उनको भनाई छ ।विदेशमा रहेका दलालहरू पनि सक्रिय देखिएका छन् । उताबाट भिजिट भिसामा बोलाउने र अलपत्र पार्ने क्रम निकै बढी देखिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्