कांग्रेसले १०० सिट नपाए पार्टीभित्रै विद्रोहको अवस्था आउँछ: नेता कोइराला
काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक सयभन्दा कम सिट लिएर चुनावमा जाने हो भने पार्टीमा विद्रोह हुन सक्ने बताएका छन् ।
जनकपुरुमा भएको एक कार्यक्रममा उनले यसतो बताएका हुन् ।डा। कोइरालाले संसद पुनस्स्थापनाको एजेन्डा सकिएपछि अब एमालेलाई हराउन र सरकार बनाउनकै लागि यो गठबन्धन बनेको पनि तर्क गरे।
उनले यो गठबन्धन गरेर पनि कांग्रेसले एकल बहुमत ल्याउन नसकेमा विद्रोह र विग्रह हुने बताए ।कोइरालाले माओवादी र समाजवादीहरु कांग्रेसलाई सय सिट दिन तयार नभएको पनि बताएका छन्।
उनले कांग्रेसमा आउन सक्ने संकटबारे पटक पटक नेतृत्वलाई राखेको पनि बताए। फरक प्रशंगमा कोइरालाले वैदेशिक नीतिबारे फरक मत भएर पनि गठबन्धन भएको उल्लेख गरे।
उनले वैदेशिक नीतिमा पनि गठबन्धन दलबीच न्यूनतम् सहमति हुनुपर्नेमा जोड दिए। डा.कोइरालाले निर्वाचन घोषणा भइसकेको अवस्थामा संसदको म्याद थप्ने प्रयासलाई हास्यास्पद भन्दै व्यंग्य पनि गरेका छन्।















प्रतिक्रिया दिनुहोस्