सबै नागरिकलाई साक्षर बनाउनु आजको मुख्य दायित्व: प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।

५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्