इन्द्रचोक, असनलगायत क्षेत्रका सडक व्यापार हटाउन महानगरको निर्देशन
काठमाडौं, भदौ २१ । काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोक, भेडासिंहलगायत क्षेत्रका फुटपाथमा रहेका पसल हटाउन निर्देशन दिएको छ।
आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन आग्रह गरेको महानगरले हालसम्म नहटाएपछि पुनः सम्झाएको हो।
सडक व्यापार व्यवसायले काठमाडौंको सौन्दर्य, पुरातात्त्विक धार्मिक एवं पर्यटनसमेतलाई असर परिरहेको निष्कर्ष निकाल्दै महानगरले व्यापार व्यवसाय हटाउन लागेको हो।
महानगरले इन्द्रचोकस्थित वंकेश्वर (सन्तानेश्वर)महादेव मन्दिर वरपरका खास्टा व्यापार, भेडासिंगस्थित भवानीशंकर मन्दिर नौदेवल (माटोको भाँडाकुँडा)लगायत व्यापार व्यवसाय र असनस्थित ट्रान्सफर्मरमुनि उमाशंकर मन्दिरको दायाँ–बायाँ (दूध डेरी) मा रहेका पसल हटाउन निर्देशन दिएको छ।
महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको छ।
प्रतिक्रिया दिनुहोस्