भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानमन्त्रीसँग भेट गर्दै, साँझ पशुपतिनाथको दर्शन गर्ने
काठमाडौं , भदौ २१ । भारतीय स्थल सेनाध्याक्ष जनरल मनोज पाण्डेले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै छन् ।
अपराह्न ३ बजे प्रधानमन्त्री देउवासँग उनले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरि आज साँझ उनी पशुपतिनाथको दर्शनमा जाने कार्यक्रम छ । यता पाण्डेलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।
साथै भ्रमणका दौरान उनले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारत निरीक्षण गरिसकेका छन् । साथै प्रधान सेनापति शर्मासँग पनि भेटघाट भैसकेको छ ।














प्रतिक्रिया दिनुहोस्