भारतीय सेनाबाट नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण

काठमाडौं , भदौ २० । भारतीय सेनाले नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण गरेको छ ।

सोमबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

पाँच दिने भ्रमणका लागि पाण्डे आइतबार नेपाल आएका हुन् । उनले आजै प्रधानसेनापति शर्मासँग भेटवार्ता गरेका छन् ।

पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्