७ दिनभित्र मनोरञ्जन कर तिर्न क्यासिनोलाई काठमाडौं महानगरको पत्र, नतिरे कारबाही
काठमाडौँ , भदौ १९ । काठमाडौं महानगरपालिकाले सात दिनभित्र मनोरञ्जन कर बुझाउन भन्दै क्यासिनोहरुलाई निर्देशन दिएको छ ।
आर्थिक वर्ष २०७५र७६ देखि महानगरपालिकालाई मनोरञ्जन कर नबुझाई सञ्चालित ७ वटा क्यासिनोलाई आइतबार महानगरले पत्र लेख्दै कर बुझाउन भनेको हो ।
महानगरले तोकिएको अवधिमा कर नबुझाए महानगरपालिकाको राजस्वव ऐन,२०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह वक्यौता कर असुलउपर गरिने पत्रमा उल्लेख छ ।
महानगरले म्यरिएटको डेल्टीन क्यासिनो होटल, अन्नपूर्णको क्यासिनो प्यालेस, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्मेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बझुाउन भनेको हो ।
ती क्यासिनोहरुले पटक(पटक ताकेता गरे पनि मनोरञ्जन कर नबुझाएको महानगरले जनाएको छ । वाग्मती प्रदेशको आर्थिक ऐनले क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट मनोरञ्जन कर लिनुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस्