प्रचण्ड र देउवाबीच छलफल , पेचिलो बन्दै सिट बाँडफाँटको विषय

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो। बिहान ९ बजेपछि देउवा र प्रचण्डबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ। आजै सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक पनि बस्दैछ।

बैठकअघि प्रचण्ड र देउवाबीच छलफल भएको हो।

प्रतिक्रिया दिनुहोस्