काँग्रेसले अफताब आलमलाई सांसदको उम्मेदवार बनाउदैन : गगन थापा

काठमाडौँ , भदौ १७ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जेलमा रहेका अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने बताएका छन् ।

शुक्रबार आयोजित मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ को सार्वजनिक कार्यक्रममा बोल्दै महामन्त्री थापाले क्षेत्रले सिफारिस गरे पनि आलमलाई पार्टीले उम्मेदवार नबनाउने बताएका हुन् ।

कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई काँग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ भन्दै सो प्रसंग उठाएपछि थापाले यस बारेमा स्पष्ट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्