लौरो लिएका स्वतन्त्र उम्मेद्वार को कहाँबाट चुनाव लड्दै ? (सूचीसहित)

काठमाडौं, भदौ १६ ।  स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका नौं स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छ ।

आज (बिहीबार) सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो ।

जसअनुसार काठमाडौं -५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं -८ मा सुमन सायमी र काठमाडौं -९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ ।

भक्तपुर -२ मा दरोस्तभ लोकेन्द्र, कास्की -२ मा सिरिष गुरुङ, रौतहट-१ मा राहुल मिश्र, रुपन्देही -५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार आयोजित एक कार्यक्रमबीच अभियानको घोषणा गरिने गरिएको हो । स्वतन्त्र अभियान अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा उठ्न तयार उम्मेदवारहरुले काठमाडौंका मेयर बालेन्द्र शाहको शैलीमा राष्ट्रिय झण्डा ओढेका थिए ।

प्रतिनिधि सभा

मधुसुदन पाठक ‘सिते बा’-काठमाडौं क्षेत्र नम्बर ५
विद्या श्रेष्ठ महर्जन-काठमाडौं क्षेत्र नम्बर ९
रोहन कार्की-काठमाडौं क्षेत्र नम्बर २
भीष्म राणा-रुपन्देही क्षेत्र नम्बर ५
राजाराम तन्डुकार-ललितपुर क्षेत्र नम्बर ३
सुमन सायमी-काठमाडौं क्षेत्र नम्बर ८

प्रदेश सभा
विनोद बजगाईं-काठमाडौ २ ’क’
अनिलकुमार पाण्डे-महोत्तरी २ ’ख’
गजेन्द्रकुमार भगत-उदयपुर २ ’क’
विजय कालिकोटे-सुनसरी १ ’क’

प्रतिक्रिया दिनुहोस्