आगामी निर्वाचनमा एमालेले १५० सिट ल्याउँछ : ओली

काठमाडौं, भदौ १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी संसदीय निर्वाचनबाट एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका छन्।

बुधबार महेन्द्रनगरमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका हुन् । अवैध गठबन्धले जिते देशले हार्ने र देशले जित्न एमालेले जित्नु पर्ने उनको भनाइ रहेको थियो ।

उनले परमादेशबाट बनेको सरकारले राष्ट्रिय हितविपरित काम गरेको बताए। उनले आफू प्रधामन्त्री हुँदा कालापानी लिपुलेकसहितको नक्सा जारी गरेको बताउँदै अहिलेको गठबन्धनको सरकारले भूमि फिर्ता ल्याउन पहन नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्