कोरोना अपडेट– थप २७१ जनामा संक्रमण पुष्टि , एक जनाको मृत्यु

काठमाडौ , भदौ १५ । देशभर पछिल्लो २४ घण्टामा थप २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३९२० जनामा परीक्षण गर्दा २७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै २४८५ नमुनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा र १४३५ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १७५ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३ हजार १९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनो मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्