गगन थापा कास्की १ बाट चुनाव लड्ने

काठमाडौं, भदौ १५ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापा कास्की १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् ।

उनले कास्की जिल्ला क्षेत्र नं. १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरेका हुन् ।

उनले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत् (हस्ते) दरखास्त दिएका हुन् ।

उनी यसअघि काठमाडाैँ क्षेत्र नं. ४ बाट चुनाव लड्दै आएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्