महाअभियोग प्रस्ताव निस्क्रिय भइसक्यो, संसदको सम्मानका लागि मात्र आएको हुँ: जबरा

काठमाडौं, भदौ १५ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निस्क्रिय भइसकेको दाबी गरेका छन् ।

महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जिकिर गरे ।

उनले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित भएको बताए ।

उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताएका छन् ।

जबराले दीपक कार्कीलाई हतारमा प्रधानन्यायाधीश बनाउनकै लागि आफूलाई जबरजस्ती हटाउन खोजिएको पनि बताएका छन्। चोलेन्द्रसँग बन्द कोठाभित्र सिफारिस समितिले ४३ वटा प्रश्न सोधिरहेको छ। जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्