एकैदिन ८ सयले घट्यो सुनको मूल्य

काठमाडौँ , भदौ १५ । नेपाली बजारमा सुनको मूल्य तोलामा आज  ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य बुधवार ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन उक्त सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले कम भएको छ ।

अघिल्लो दिन १ हजार १४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १ हजार १३० रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्