आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगे चोलेन्द्र
काठमाडौं, भदौ १५ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन सिंहदरबार पुगेका छन्।
उनीविरुद्धको महाभियोग छानबिनका लागि प्रतिनिधि सभामा गठित महाभियोग सिफारिस समितिको बैठकमा उनी गएका हुन्।
सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा समितिको बैठक बसेको छ।महाभियोग सिफारिस समितिले जबरासँग बुधबार बयान लिने तयारी छ।
समिति गठन भएको झन्डै ६ महिनापछि यही भदाै १ गते समितिको पहिलो बैठक बसेको थियो।
बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामा छलफल गरेको थियो।महाभियोग सिफारिस समिति ११ सदस्यीय छ।
जसमा एमालेबाट विष्णु पौडेल, कृष्णभक्त पोखरेल, शिवमाया तुम्बाहाङ्फे र लालबाबु पण्डित, कांग्रेसबाट रामबहादुर विष्ट र मीनबहादुर विश्वकर्मा, माओवादी केन्द्रबाट रेखा शर्मा र यशोदा सुवेदी गुरुङ, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह तथा लोसपाबाट एकबाल मियाँ छन्।














प्रतिक्रिया दिनुहोस्